आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन १९.४३ अंकले बढेर २,७८४.९५ विन्दुमा पुगेको छ ।

सोमबार २३६ कम्पनीहरुको सेयर ७७ हजार १८३ पटक कारोबार भएको छ । १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १११ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य २५९.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यूनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३५०.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८५.३० रुपैयाँमा कारोबार भएको छ ।

सानिमा बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य ३८४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स