लगातार घटेको सुनको मूल्य आज रू २ सयले बढ्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मुल्य २ सय रूपैयाँले बढेको छ ।

सोमबार, सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले बढेर ८९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदी प्रतितोला १२ सय १५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स