भृकृटीमण्डपका व्यवसायीको बचत ९ करोड, सेयर पुँजी ३ करोड २१ लाख

काठमाडौं । भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ ।

सहकारीको वार्षिक साधारणसभाका अवसरमा सेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी सेयर पुँजी तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।

साधारणसभाको उद्घाटन गर्दै काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष दीपक पनेरुले सेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानूनी व्यवस्था पालना गर्न अनुरोध गरे ।

काठमाडौं महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले सेयर सदस्य, सेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिए । समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स