नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्ला, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्ने छन्।

२०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल पुस २२ गते निगमबाट बिदाई भएका थिए ।

निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँ सहित दरखास्त दिन सक्नेछन् ।

३५ वर्ष पूरा भएर ६५ ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स