काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले युरो ५० हजार नगदसहित जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो ।
क्लबले विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरु तथा अन्य विभिन्न ५ वटा आधारहरूमा विश्लेषण गरी यो अवार्ड प्रदान गरेको जनाएको छ । जसमा सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान र समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव लगायतका आधारहरू छन् ।
६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको इन्स्योरेन्सले हाल १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, दक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पुऱ्याउँदै आइरहेको छ।
इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।