कल्पलता बहुउद्देश्यीय सहकारी सञ्चालनमा, यसै आवमा ५ करोड पुँजी र ५ सय सदस्य पुर्याउने योजना

काठमाडौं । कल्पलता बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ । विभिन्न क्षेत्रका ४० जना सदस्य मिलेर उक्त सहकारी आज शनिबारदेखि सञ्चालनमा ल्याएका हुन् । कृषिको विभिन्न क्षेत्रमा व्यवसायिक उत्पादन गर्ने उद्देश्यका साथ कल्पलता बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएको अध्यक्ष रमेश कोइरालाले बताए ।

२ करोड चुक्ता पुँजी र ५ करोड अधिकृत पुँजी रहेको सहकारीमा १२ जना सदस्यको ५/५ लाख र अन्य सदस्यको १ हजारदेखि ५० हजारसम्म लगानी रहेको छ ।

२०७८ भदौ १० गते काठमाडौं, ललिपुर र धादिङ जिल्लालाई कार्य क्षेत्र बनाएर दर्ता भएको उक्त सहकारी संस्थामा अहिले ९० लाख रुपैयाँ बचत रहेको छ । ‘सहकारी गर्दा भएदेखि नै काठमाडौं महानगरपालिका वडा नम्बर १३, कालिमाटीबाट सञ्चालन हुँदै आएको छ,’ सञ्चालक नेत्रराज पौडेलले भने ‘आजबाट सहकारी औपचारिक रुपमा शुरु गरिएको हो ।’

उनका अनुसार यसै आवमा ५ अर्ब चुक्ता पुँजी र ५ जना सदस्य पुर्याउने लक्ष्य सहकारले लिएको छ । अहिले सहकारीमा १ सय ५० जना सदस्य रहेका छन् । सहकारी स्थापना भएदेखि हालसम्म १ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ ।

कल्पलता सहकारीले आगामी वैशाखदेखि सुपथमूल्य पसल सञ्चालन गर्ने योजना बनाएको सञ्चालक सदस्य पौडेलले जानकारी दिए । पहिलो चरणमा सुपथमूल्य पसल सञ्चालन गरेपछि सहकारीले दोस्रो चरणमा कृषि व्यवसायमा केन्द्रीत रहेर कृषि व्यवसायिक फर्म सञ्चालन गर्ने छ ।

यसका साथै सदस्यताको आधारमा आवश्यकताअनुसार ललिपुर र धादिङमा सरकारीले सेवा केन्द्र पनि सञ्चालन तथा विस्तार गर्ने योजना रहेको पौडेलले जानकारी दिए । रिकन्डिशन व्यवसायीदेखि ह्याचरी तथा पब्लिकेशन सञ्चालकसम्मको सहकारीमा आवद्धता रहेको छ ।

के केमा दिन्छ सहकारीले कर्जा ?

कल्पलता सहकारीले २ वर्षे अवधिको लागि १४.७५ प्रतिशतमा सवारी साधन र घर कर्जा उपलब्ध गराउने भएको छ । ३ वर्षे अवधिको उद्योग तथा व्यापार व्यवसाय कर्जा सोही ब्याजदरमा आम सदस्यले पाउने छन् भने शैक्षिक कर्जा १४ प्रतिशतमै ४ वर्षका लागि उपलब्ध गराउने योजना सहकारीले सार्वजनिक गरेको छ ।

सहकारीले कृषि तथा पशुधन कर्जा १ वर्षको लागि साढे १३ प्रतिशतमा उपलब्ध गराउने जनाएको छ । स्वरोजगार कर्जा १४, लघु कर्जा १४.७५ प्रतिशतमा र साुमहिक जवानी कर्जा ६ महिनाको लागि १४.७५ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।

त्यसरी सहकारीले आकस्मिक कर्जा ३ महिनाको लाग १४.७५ प्रतिशतमा, व्यक्तिगत कर्जा ३ महिनाको लागि सोही ब्याजदरमा उपलब्ध गराउने छ । सहकारीले औषधि उपचार कर्जा भने सबैभन्दा थोरै ब्याज १२ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।

यस्ता छन् खाताका

सहकारीले मासिक बचत खाता, नारी बचत योजना, बाल बचत योजना, खुत्रुके बचत योजना, जेष्ठ नागरिक बचत योजना, श्रमिक बचत योजनाका साथै मुद्दती बचत खाता पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स