प्राधिकरणमा कुलमानको दोस्रो इनिङ अहिलेलाई टर्यो, हितेन्द्रदेवलाई नै निरन्तरता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने ऊर्जामन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकार गरेको छ ।

मन्त्री परिषदको यो यो निर्णयसँगै प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो इनिङ अहिलेलाई टरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्री भुसालले ल्याएको ठाडो प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका हुन् । यसअघि पनि देउवाले हितेन्द्रलाई हटाउने काम नगर्न ऊर्जामन्त्री भुसाललाई मौखिक निर्देशन दिइसकेका थिए ।

मन्त्री भुसालले हितेन्द्रलाई हटाएर मन्त्रालयमा विशिष्ट श्रेणीको सुविधा दिने गरी काजमा ल्याउने र प्राधिकरणमा कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउने प्रस्ताव गरेकी थिइन । प्रस्ताव अस्वीकार भएसँगै मन्त्री भुसाल नैतिक संकटमा परेकी छन् ।

ऊर्जामन्त्री भुसालले यसअघि आफ्नो कार्यकक्षमा हितेन्द्रलाई बोलाएर राजीनामा दिन दिर्नेशन दिएकी थिइन् । तर, हितेन्द्रले आफू राजीनामा नदिने र यसका विरुद्धमा कानुनी लडाईं लड्ने जवाफ दिएका थिए । प्रम देउवाले मन्त्रीलाई प्राधिकरणमा अहिले कुनै कर्मचारीलाई हटाउने र नयाँ नियुक्त गर्ने काम नगर्न सल्लाह दिएका थिए ।

देश १८ घण्टासम्मको लोडसेडिङ हटाएर आम नागरिकको मन जित्न सफल घिसिङलाई प्राधिकरणको पुनः जिम्मा दिनुपर्ने माग सर्वपक्षीय रुपमा आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स