चाँदी आयातमा लगाएको शतप्रतिशत मार्जिन हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा शतप्रतिश मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाएको छ । बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै चाँदी आयातमा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थालाई हटाएर एक पटकमा ३५ हजार अमेरिकी डलरसम्म आयात गर्न पाउने व्यवस्था गरेको हो । यसअघि चाँदी आयात गर्दा व्यवसायीले शतप्रतिशत अर्थात ३५ हजार अमेरिकी डलर नै मार्जिन राख्नु पर्ने व्यवस्था थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आज गरेको व्यवस्थाले साना व्यवसायीले पनि आफ्नो आवश्यकता अनुसार चाँदी आयात गर्न सक्ने बताए । ‘यसअघि चाँदी आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था थियो,’ उनले भने ‘एकीकृत निर्देशिका २०७८ ले सो व्यवस्थालाई हटाएको छ ।’

अब सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत दर्ता भएका÷इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजार आयात इजाजत ओजीएल व्यवस्थाअनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड बाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्थाबमोजिम चाँदी आयात गर्न सक्नेछन् ।

यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगरगहना बनाई बिक्री गर्न, हस्तकला लगायतका सामान बनाई बिक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।

वाणिज्य बैंकहरूले साना सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजत ओजीएल व्यवस्थाअनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्थाबमोजिम चाँदी आयात गर्न सक्नेछन् । यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय मूल्य र आयात हुनुपर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स