एक लाखभन्दा बढीको रेमिट्यान्ट बैंक खाता वा चेकमार्फत

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीमा कडाई गरेको छ । एक लाख रुपैयाँभन्दा बढीको रेमिट्यान्स बैक खाता वा चेकमार्फत गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७८ जारी गर्दै लागु गरेको हो ।

एकीकृत निर्देशिकामा भनिएको छ, ‘ रेमिटान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले रु.१ लाखभन्दा बढी विप्रेषण बापतको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा बैंक खाता वा चेकमार्पmत भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।’

विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ । प्रति ग्राहक रु.१० लाख वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स