अब सिटिजन्स बैंकका ग्राहकले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकले अबदेखि बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने सेवाको सुरुवात गरेको छ ।

बैंकको यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

यो प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी उक्त पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरी पैसा निकाल्न सकिने छ । आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताए ।

बैंकले यस अघि मोबाइलबाटै खाताको बिवरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान दिएको छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिंदै आएको छ । बैंकले निकट भविष्यमा काठमाडौँ उपत्यकामा ६ वटा शाखा विस्तार गर्दै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स