क्रिप्टोकरेन्सीको कारोबार र माइनिङ नगर्न राष्ट्र बैंकको निर्देशन, कारोबारीलाई कारबाही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज (शुक्रबार) एकीकृत परिपत्र–२०७८ जारी गद क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ नगर्न निर्देशन दिएको हो ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानूनी रहेकाले यस्तो नगर्दा राष्ट्र बैंकको एकीकृत परिपत्रमा लेखिएको छ । यदि कसैले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गरेमा विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरिने सूचनामा उल्लेख छ ।

हालका दिनमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने तथा गाउने समेत पाइएको राष्ट्र बैंकको सूचनामा लेखिएको छ । त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको वा ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स