बचतपत्रको ब्याज भुक्तानीको शनिबार आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने भएको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकले पुस २४ गते पनि आरटीजीएस प्रणाली संचालन हुने जानकारी गराएको हो ।

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको छ ।

सूचना अनुसार शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स