एनआईसी एशिया बैंक लुट्ने ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एनआइसी एसिया बैंक लुट्ने ४ जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

बानेश्वरस्थित एनआइसी एसिया बैंक लुट्को आशंकामा रहेका ४ जना व्यक्ती समातिएको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बैंक पुस १८ गते लुटिएको थियो । बैंकबाट १६ लाख रुपैयाँभन्दा धेरै लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स