निर्जीवन बीमा कम्पनीले नगद लाभांश दिन नपाउने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बोनस सेयर मात्र वितरण गर्न पाउने भएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांशमा रोक लगाउने तयारी भइरहेको जानकारी दिए ।

समितिले निर्जीवन बीमा कम्पनीहरुले कोरानो बीमाको दावी भुक्तानी नगरेसम्म नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको हो । यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

कोराना बीमाको दावी भुक्तानी नगरे पनि बोनस सेयर वितरणमा रोक भने लगाइने छैन ।

मुलुकभर २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालमा रहेका छन् । जसमध्ये १८ वटा निर्जीवन कम्पनी नेप्सेमा सूचीकृत छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेका छन् ।

निर्जीवन बीमा कम्पनी र बीमा समितिको निर्णय अनुसार २०७७ वैशाख ७ गते नेपालमा पहिलो पटक कोरोना बीमालेख जारी गरेको थियो ।

२०७७ जेठ २३ मा समितिले कम्पनीहरूलाई परिपत्र जारी गरी कोरोना बीमा गर्न निर्देशन दियो  । भदौ २८ गते १ दिनका लागि बीमालेख जारी गर्ने प्रक्रियालाई रोकेर बीमा समितिले भदौ २९ गतेदेखि २०७८ असारमसान्तसम्म कोभिड बीमालेख जारी गर्ने सम्बन्धमा ‘कोरोना बीमा मापदण्ड, २०७७ ल्याएको थियो ।

कोरोना बीमा हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले गरेका छन् । जसमा १ लाख ६१ हजार ५४९ जनाले दावी भुक्तानी माग गरेका छन् । १५ अर्ब ३२ करोड २० लाख ९२ हजार दावी भुक्तानी रकम रहेको छ ।

जसमा पुलबाट ३ अर्ब ५० करोड, बीमा कम्पनीबाट १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ र सरकारबाट ११ अर्ब ८२ लाख २० हजार रुपैयाा दावी भुक्तानी गर्नु पर्नेछ ।
कोभिड–१९ बीमा दावी भुक्तानी ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ दावी भुक्तानी भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स