बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा १५ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेजले विभिन्न सेवाहरुमा छुट दिने भएको छ ।

बैंकका ग्राहकले सेरेन हस्पिटालिटीमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् । यसको लागि बैंक र सेरेन हस्पिटालिटीबीच शुक्रबार सम्झौता भएको छ ।

सेरेन हस्पिटालिटी सर्भिसेजले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ भने बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स