कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेनसन काउन्टर

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । आइतबार किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक्सटेन्सन काउन्टरको उदघाटन गरेका छन् ।

कार्यक्रमा स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारी, उपस्थिति रहेको थियो । उक्त उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरूले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थिति सक्षम–सवल बनाउनमा विशेष महत्व खेल्ने बताए ।

आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराउन मेयर महर्जनले शुभकामना दिएका थिए । उनले नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरि राजस्व संकलन कार्य तथा बैंकिङ सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको बताए । परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा बैंक परिवारलाई धन्यवाद पनि दिए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरू संचालन गर्ने बताए ।

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको बारेमा जानकारी गराउंँदै नगरपालिकासँगको सहकार्यलाई आगामी दिनमा अझ मजवुद बनाउदै लैजानुका साथै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता वृद्धि गर्दै लग्ने विषयमा उनले प्रकाश पारे ।

नगरपालिका उप–प्रमुख सरस्वती रिजालले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिका परिसर भित्र बैकले राखी दिएको एक्सटेन्सन काउण्टरले राजस्व संकलन तथा बैंकिङ कारोबार महत्वपूर्ण सेवा उपलव्ध गराउने, नगरपालिका परिसर भित्र बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरि बगैंचा– उद्यान निमार्णमा महत्वपूर्ण भूमिका बताइन् ।

कार्यक्रममा प्रबन्धक मिना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक वागमती प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख ध्रुव पौडेल, कृषि विकास बैंक किर्तिपुर शाखाका कर्मचारीहरु उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कृषि विकास बैंक शाखा प्रमुख बिनोद कोईरालाले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स