एनएमबि बैंकको लाभांश पारित

काठमाडौं । एनएमबि बैंकको २६औँ वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२।५० प्रतिशत बोनस सेयरपारित गरेको छ । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा सभा सम्पन्न बैंकको साधारण सभाले आव २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको हो ।

साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुगेको बैंकले जनाएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १ खर्ब ६६ अर्ब र कर्जा १ खर्ब ५८ अर्ब रहेको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स