युनिमनीको र्‍याफल ड्र क्याम्पियन स् आइफोन १३ र १०० ग्राम सुनको सिक्का जित्ने मौका

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘ आईएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइट युनिमनी डट क्युएमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

सोही क्याम्पियनको अवधि १ जनवरी २०२२ देखि १४ मार्च २०२२ ९१७ पुष, २०७८ देखि फागुन ३०, २०७८० सम्म जम्मा ६९ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ ।

विद्युतीय च्यानलहरुको प्रवर्द्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ ।

उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटि २०र२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ ।

सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित रहेको बताए ।

उनले भने, ‘हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स