बजार ३२०० को बिन्दु बाट २२०० को बिन्दुमा आउँदा सिख्नु पर्ने केही पाठहरू: लगानीकर्ता राजेश कार्की

गत भाद्र महिनामा ३२०० इन्डेक्सको शिखर चुमेको नेपाली सेयर बजार लगातार घट्दो क्रममा गयो र बल्ल अहिले एक लय समात्न खोजेको देखिदै छ । यो बीचमा धेरैको मनमा यो प्रश्न अवस्य उठ्यो कि, यो बजारले कहिले कमाउन दिएन त्यसैले अब यो बजार नै छाड्नु पर्यो । बस्ताबमा सेयर बजार एक यस्तो ठाउँ हो जहाँ धेरै भन्दा धेरै मानिसलाई धेरै समयसम्म बेबकुफ बनाउन यो बजारले डिजाइन गरिरहेको हुन्छ । जो यो बजारमा छिर्छ उसले पैसा नै कमाएर जान्छ भन्ने हुँदैन, एक गतिलो शिक्षा पनि लिएर जान्छ । त्यस्तै यसपाली पनि बजारले  एक गतिलो पाठ पढाएर गएको छ,  हेरौं यसपाली हामीले के के पाठ सिक्यौं ?

१ ) अल्पज्ञान अझ हानिकारक हुन्छ:

सामान्यतय, केही ज्ञान नै नहुनु भन्दा अल्पज्ञान भएकोपनि राम्रै मानिन्छ तर सेयर बजारमा भने व्यक्तिगत लगानीकर्तालाई आफ्नो पैसालाई कसरी प्रयोग वा लगानी गर्दैछु भन्ने बारेमा स्पष्ट ज्ञान हुन जरुरी छ। यहाँ अल्पज्ञानले काम गर्दैन। सेयर बजारमा स्पष्ट रणनीति बनाउने र उचित गृहकार्य गर्ने लगानीकर्ता नै सफल हुने गरेका छन् तसर्थ, बजारमा उचित अनुसन्धान गर्न नसक्ने वा त्यसका लागि समय अभाव हुनेहरुले सल्लाहकार नियुक्त गर्न सक्दछन् । थोरै ज्ञानले लगानी सम्बन्धी गलत निर्णयतर्फ डोहोर्याउन सक्छ । तसर्थ, लगानीमा प्रवेश गर्नेले आफूलाई आवश्यक पर्ने पर्याप्त ज्ञान लिन आवश्यक छ । जसका लागि अध्ययन तथा तालिमहरु पनि सहयोगी माध्यम बन्न सक्दछन् ।

२ ) अनुशासनमा रहेर लगानी गर्नै पर्ने :

plan your trade and trade your plan . कसरी ट्रेड गर्ने भनेर पहिले प्लान गर्नुस र त्यहि प्लान अनुसार अनुशासनमा रहेर आफ्नो ट्रेड गर्नुस । कुनैपनि  कार्यका लागि अनुशासन सबै भन्दा महत्वपुर्ण पाटो हो, झन् सेयर बजारमा त विश्लेषण, अनुशन्धान गरेर  कार्य गर्नुपर्ने भएकोले यो अछुतो कसरी रहन सक्छ ? हामीले लगानी गर्दा जहिलेपनि एक नियममा बसेर लगानी गर्नुपर्ने हुन्छ । हरेक कुरा नियम अनुसार गर्ने हो भने सफलता असम्भब छैन तर एक नियम बनाइ सकेपछि त्यहि नियम भित्र बस्नु पर्यो । Calculative Risk लिन सक्ने क्षमता, अनुशासित कार्य र एकाग्रता नै सफलताको आधारशिला हो ।

३ )   किन्न मात्र हैन बेच्न पनि जान्नु पर्दछ:

कुनैपनि कम्पनीको सेयर किन्नु आफैंमा ठुलो कुरा हैन तर कहाँ किन्ने ? कति किन्ने ? अनि किनेको सेयरको मूल्य कहाँ पुगेपछि बेच्ने हो ?  त्यसको हिसाब किताब पहिले नै गर्नुपर्दछ । बढिरहेको बजारमा कहाँ प्रफिट बुक गर्ने या कहाँ त्रेलिंग स्टपलस लगाउने तथा घट्दो  बजारमा कहाँ स्टपलस लगाई केहि समयको लागि बजारबाट पूर्णरुपमा बाहिर निस्कने त्यसको लेखाजोखा पहिले नै गर्नुपर्दछ ।

४)  सामाजिक संजाल तथा अन्य हल्लाको पछाडी लाग्न नहुने:

आफूले स्व-अध्ययन गर्न छाडेर अहिले धेरै व्यक्ति यहि हल्लाको पछाडी लाग्ने गरेको देखिन्छ । अर्कोतर्फ क्लब हाउस, फेसबुक तथा विभिन्न अनलाइन मेडिया  जन्य सामाजिक संजालमा विभिन्न नाम धारण गरेर आफ्नो स्वार्थ अनुरुपका आतंक नै मच्चाउने प्रवृति पनि अहिले उत्तिकै हावी भएको छ । बजारमा एउटा यस्तो झुण्ड छ जसले सानो हिस्सा  सेयर किन्छ वा बिक्री गर्छ अनि बेचेपछि सेयर बजार अब धराशायी भैहाल्छ र किनेपछि भोलिपल्टबाटै सबै राम्रो छ भनेर सामाजिक संजालमार्फत हल्ला फैलाउन थाल्छन्  ।

तर हामी पनि उस्तै छौं,  बजारको लय,  कम्पनीको अवस्था,  आफ्नो ज्ञान,  बजारको मनोविज्ञान र आफ्नो भूमिकाको वास्तै नगरी कुनै स्टकको नाम सुन्ने हुँदैन, हाम फालेर कुद्ने कम्पनीको नै हौँ ।  अनि फेरी मलाइ फ़साइयो भनेर रोइलो मच्चाउनेपनि हामी नै हौँ ।  पछिल्लो समय बजारमा भित्रिएका नयाँ र पूँजी बजारका आधारभुत मूल्य र मान्यतापनि नबुझेका लगानीकर्ताहरु, जसले सामाजिक संजालका विभिन्न ग्रुपहरुमा त्यहि स्वार्थ केन्द्रित झुण्डहरुले लेखेको वा हल्ला फैलाएको आधारमा त्यसैलाई फलो गरेर लगानी गर्ने गरेका कारण समस्या उत्पन्न भई नै रहने छ ।

५ )  बजार त घट्नै हुँदैन, मैले सेयर किन्ने वित्तिकै सर्किट लागेर बढ्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्ने:

आज समस्या सेयर किन्ने वित्तिकै सर्किट लागेर बढ्नुपर्छ भन्ने मानसिकताले उत्पन्न भएको हो । लगानीकर्ताको मनोविज्ञान जहिलेपनि सेयर बजार बढिरहनुपर्छ भन्ने मात्र देखिएको छ । उदाहरणका लागि कुनै लगानीकर्ताले आज सेयर किन्यो अनि त्यसको भोलिपल्टदेखि बढिहरनुपर्छ, अलिअलि मात्र बढेरपनि हुँदैन दैनिक सर्किट नै हान्नु पर्छ । जब घट्छ सामाजिक संजालमा अनावश्यक कोकोहोलो गरिन्छ । समान्य करेक्सन आउनु वा एउटा साईजमा जानु पूँजी बजारको परिपक्वताको संकेत हो । तर बजार अलिकतिपनि तल गएमा आकाश नै झर्यो, जीवन नै समाप्त हुने भयो जसरी चित्रण गरिन्छ र यहीं आफ्नो सेयर बेचेर बसेका केही खेलाडीले खेल्ने मौका पाउदछन । हामीले सामान्य अर्थमा बुझ्नुपर्ने कुरा के हो भने बजारको आफ्नै चाल हुन्छ ।  अहिले बजारमा केही माफियाका कारण अलि ज्यादा चलखेल भएको छ । तर के बजार घट्नु भनेको फेरी नयाँ किन्ने मौका पनि हैन र ?  बजार घट्दा कयौं राम्रा राम्रा कम्पनीको मूल्य पनि घटेको हुन्छ, त्यस्ता राम्रा र ब्लु चिप कम्पनि को सेयर किन्ने मौका यहि हो भन्ने किन बिर्सन्छौं हामी ?

६ )  सेयर बजारको घटबढलाई उपयोग गर्न जान्नु पर्ने रहेछ:

सेयरबजार सधैँ घटबढ हुने भएको कारण यो घटबढलाई उपयोग गर्न सकियो र संयमताका साथ लगानी गरेमा नाफा कमाउन सक्ने अवसर प्रशस्त आउने छन् । सामाजिक सञ्जालमा देखिने नैराश्यताका स्टाटस मनन गर्न हुन्न । कहिलेकाँही अध्ययन र अनुमान लगाएका कुरा गलत हुने गर्दा नआत्तिई संयमता लिनु पर्ने हुन्छ । सेयर बजारमा अल्पकालीन आरोह अवरोह आउनेहुँदा यसलाई पेशा नै बनाउने हो भने धेरै अध्ययन, अनुभव र समय दिनुपर्ने हुन्छ ।  बजार कहिलेपनि एकहोरो रुपमा घट्दैन र कहिलेपनि एकहोरो रुपमा बढ्दैन । एक लेबल सम्म घट्दछ फेरी एक लेबल सम्म बढ्दछ ।

तर कसैलेपनि बजारको बटम यही हो । रेसिस्टेन्स यहि हो भनेर ठोकुवा गर्नपनि सक्दैन, खाली बिगतका अधारहरु को माध्यमबाट अनुमान लगाउन सकिन्छ । एक सामान्य बुझ्नु पर्ने कुरा के छ भने रातोमा किन्ने र हरियोमा बेच्ने यो जसले पनि बुझ्दछ तर हामी नै प्राय बढी सकेको, सर्किट हानेको स्टक खोज्छौं र अझै बढ्ने आशा गर्दछौं । जस्तै बजार २८०० बाट ३२०० को एक लेबलमा पुग्यो तर हामी चाहीं बुम बुम भन्दै बजार त अझै बढेर ६००० नै पो पुग्छ जस्तो गरेर टुप्पोमा  अझ ज्यादा खरिद गर्न हौसियौं । बजारले यहीं हामीलाई लोप्पा ख्वाइदियो ।

७ ) लगानीकर्ताहरुमा दीर्घकालीन लगानी गर्ने भन्दा पनि छोटो समयमा अत्याधिक आम्दानी गर्न मोह त्याग्नु पर्ने:

सामान्यतय पहिले नै म दिर्घकालिन लगानीकर्ता हो या छोटो समय मै प्रोफिट कमाउने ट्रेडर हो । यसको निक्यौल गर्न जरुरी छ ।  हरेक लगानीकर्ता को आ-आफ्नो रणनीतिहरु हुन्छन । सोहि रणनीति अनुसार मात्र एक सफल लगानीकर्ता बन्न सकिन्छ । तपाईं एक दीर्घकालीन लगानीकर्ता हो भने लामो अवधिका लागि ध्यान दिनुस अहिले तत्काल बजार घट्छ या बढ्छ यो दिर्घ कालिन लगानीकर्ता ले ध्यान दिनु हुदैन । प्रत्येक लगानीकर्ताले केहि रकम दिर्घकालिन सोचका साथ लगानी गर्नु उपयुक्त हुन्छ ।

(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स