काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ । आज २३८ कम्पनीका सेयर ४८ हजार १६१ पटक कारोबार भएको छ ।
७३ लाख ३६ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
होटल एण्ड टुरिजम र उत्पादन मुलुक समूह बाहेक बाँकी अन्य समूह बढेका छन् ।
नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटे कोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।