सोमबार बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिदै

काठमाडौं । अगामी सोमबार बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिने भएको छ । नेपाल आयल निगमले इन्धन खरिदका लागि १६ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट झिक्न लागेको हो ।

आयल निगमले सोमबार बैंकबाट रकम झिकेर इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्न लागेको हो ।
निगमले पुस २६ गते इन्धन खरिद वापतको १६ अर्ब रुपैयाँ आईओसीलाई भुक्तानी गर्न लागिएको जानकारी दिएको छ ।

निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा इन्धन खरिदको भुक्तानी गर्दै आइरहेको छ । यो पटक ८ र ९ तारिक सार्वजनिक बिदा परेकाले नियगमले १० तारिखमा भुक्तानी गरेको छ । जनवरी ८ तारिख शनिबार र ९ तारिक तारिख आइतबार परेको छ । नेपालमा शनिबार र भारतमा आइतबार सार्वजनिक बिदा हुने गरेको छ ।

नेपालले जनवरीमा ३० अर्ब रुपैयाँको तेल खरिद गर्दैछ । जसमध्ये १६ अर्ब रुपैयाँ सोमबार भुक्तानी गर्न लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स