काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर ९२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १२ सय ३५ रूपैयाँ कायम भएको छ ।