सनराइज बैंकको सनराइज रेमिट मुद्दती खाता खोल्दा ११.०५ प्रतिशत ब्याज पाइने

काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । बैंकले विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको हो ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ । यो खाता खोल्दा ग्राहकले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स