आज यी कम्पनीहरुको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हिजो मंगलबार ६३.०१ अंक भएकोमा आज ३०.७४ अंक घटेर २६४९.२० विन्दुमा पुगेको छ ।

बुधबार २३६ कम्पनीहरुको सेयर ५८ हजार ५७२ पटक कारोबार भएको छ । ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ ।

विजय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सवभन्दा बढी ४.५५ प्रतिशतले घटेको छ । हिजो उक्त संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,३८५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३२२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

फष्ट माइक्रोफाइनान्स डेभलपमण्ट बैंकको सेयर मूल्य ४.३२ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो बैंकको प्रति कित्ता सेयर मूल्य ८९८.८० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८६० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य ३६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३६४.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स