काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हिजो मंगलबार ६३.०१ अंक भएकोमा आज ३०.७४ अंकले घटेर २६४९.२० विन्दुमा पुगेको छ ।
बुधबार २३६ कम्पनीहरुको सेयर ५८ हजार ५७२ पटक कारोबार भएको छ । ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी ९.९६ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य १९४.८० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २१४.२० रुपैयाँमा खरिदबिक्री भएको छ ।
छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.४९ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३९६.१५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४१७.९० रुपैयाँमा कारोबार भएको छ ।
एनआईसी एशिया ब्यालेन्स फण्डको सेयर मूल्यमा सवभन्दा कम ०.०९ प्रतिशतले बढेको छ । सो फण्डको हिजो प्रति कित्ता सेयर मूल्य १०.७३ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १०.७४ रुपैयाँमा कारोबार भएको छ ।
आज सेयर मूल्य बढेका कम्पनीहरुः