सिद्धबाबा सुरुङमार्ग बनाउन ४ चिनियाँ कम्पनी प्राविधिक रुपमा सबल, अर्को साता ठेकेदार छनोट हुने

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि निकालिएको प्राविधिक प्रस्तावमा ४ वटा कम्पनी छनोट भएका छन् । सडक विभाग गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले जेठ ७ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

सुरुङमार्ग निर्माणका लागि इच्छा जाहेर गरेका ९ कम्पनीमध्येमा ४ वटा कम्पनी प्राविधिक रुपमा सबल देखिएको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर शौरभ बज्रचार्याले जानकारी दिए ।

छनोट भएका ४ वटै कम्पनी चिनियाँ हुन् । चाइन फस्र्ट हाइवे इन्जिनीयरिङ कर्पोरेशन, सीओभीईसी–सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन र सीसीईसीसी–सीआरसीसी १४–सियुयान जेभी छन् ।

यी प्रविधिक रुपमा अब्बल देखिएका कम्पनीहरुको पुस १२ गते आर्थिक प्रस्ताव खोलिने छ । प्राविधिक मूल्यांकन र आर्थिक प्रस्तावका आधारमा अब्बल ठहरिने कम्पनीले सुरुङ मार्ग निर्माणको जिम्मा पाउने छ ।

यो सुरुङमार्ग इन्जिनीयरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) मोडलमा निर्माण गरिने छ । यो भनेको सुरुङमार्ग निर्माण र डिजाइन ठेक्का पाउने कम्पनीले नै गर्ने यो । ठेक्का पाउने कम्पनीले सुरुङमार्ग ५ वर्षभित्रमा सम्पन्न गर्नु पर्ने हुन्छ । जसमा डिजाइनको अवधि ९ महिना रहेको छ ।

सुरुङमार्ग बनाउने अर्थमन्त्रालयले २०७६ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स