राष्ट्रिय सभा निर्वाचनमा साढे ३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले साढे ३ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले ३ लाख ५० हजारसम्म खर्च पाउने सूचना निकालेको हो ।

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, गोष्ठीरअन्तक्र्रियामा एक लाखलगायत तोकिएको छ । रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जनाले उम्मदेवारी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स