५ कम्पनीको आज सेयरमूल्य समायोजन, कसको कति बढ्यो कति घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस २१ गते बुधबार ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनको लागि  बुक क्लोज गर्ने निर्णय गरेको १ कम्पनी गरी कुल ५ कम्पनीको मूल्य समायोजन भएको हो ।

साधारणसभा प्रयोजनको लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको बोनसमा मूल्य समायोजन भएको हो ।

हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोको आज मूल्य समायोजन भएको हो । पुस २० गते सम्म कायम सेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै पूस २० गते सम्म कायम शेयरधनीले छ्याङदी हाइड्रोको हकप्रद पाउन सक्ने छन् ।

जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २३८३.०२ कायम भएको छ ।

कालिका लघुवित्तको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११६३।७२ कायम भएको छ ।

मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४१६।८१ कायम भएको छ ।

पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४४०।४३ कायम भएको छ ।

छ्याङदी हाइड्रोको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३९६।१५ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स