खरेलले पाए नेपाल बैंकलेले ५६ वर्षअघि नेपाल बैंकले स्थापना गरेको गुञ्जमान सिंह स्वर्ण पदक

काठमाडौं । नेपाल बैंकले सरदार गुञ्जमान सिंह स्वर्ण पदकद्वारा रामप्रसाद खरेललाई सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेका खरेलालाई नेपाल बैंक लिमिटेडले सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदा गरेको हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग र्कीतिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण रामप्रसाद खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता राम प्रसाद खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न शुभकामना दिएका छन् । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको स्रोत बन्न पुगेको पनि उनले बताए ।

कार्यक्रममा पदक विजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरे ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स