नारायणहिटी दरबारभित्र बतासले बनाउन लागेको रेस्टुरेण्ट निर्माण कार्य रोक्न मन्त्री आलेको ठाडो निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्राहलय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न ठाडो निर्देशन दिएका छन् । मन्त्री आलेले नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका हुन् ।

दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले आज मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिएका छन् ।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए ।

समितिले संग्राहलयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स