३ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण पुर्याउने पहिलो कम्पनी बन्यो, एप्पल

एजेन्सी । एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन अमेरिकी डलर पुगेको छ । योसँगै एप्पल ३ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण पुग्ने पहिलो कम्पनी बन्न सफल भएको छ ।

कोराना महामारीमा अन्य उद्योग व्यवसाय धरासायी हुँदा टेक कम्पनीलाई फलिफाप हुँदा पछिल्लो १६ महिनामा एप्पलको बजार पुँजीकरण १ ट्रिलियन अमेरिकी डलरले बढेको हो ।

सन् २०१८ अगष्टमा पनि एप्पल १ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण भएको कम्पनी बन्न सफल भएको छ । सन् २०२० मा २ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण भएको पहिलो कम्पनी पनि एप्पल बनेको थियो ।

सोमबार एप्पलको सेयर मूल्य ३ प्रतिशतले बढेर १८२.८६ अमेरिकी डलर पुगेको थियो ।

१ ट्रिलियन अमेरिकी डलर भन्दा धेरै बजार पुँजीकरण भएका कम्पनीहरु समिति छन् । जसमा टेस्ला र अमेजोनको बजार पुँजीकरण १ ट्रिलियन अमेरिकी डलर भन्दा धेरै छ । यस्तै, गुगलको अल्फाबेट र आयल ग्रुप साउदी आर्मको बजार पुँजीकरण २ ट्रिलियन अमेरिकी डलर छ । २.५ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरणसहित माइक्रोसफ्ट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स