४६ प्रतिशत लाभांशसहित मञ्जुश्री पहिलो, अन्य फाइनान्सले कति दिए लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् भने केहीले घोषणा गरेका छन् । केही कम्पनी अझै लाभांश घोषणाको क्रममा छन् ।

नेप्सेमा १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत छन् । हालसम्म १० फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका फाइनान्स कम्पनीहरुमध्ये हालसम्म मञ्जुश्री फाइनान्सकसो लाभांश उच्च देखिएको छ । फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद सेयर रहेको छ ।

रिलायन्स फाइनान्सले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । रिलायन्स फाइनान्सले १५ प्रतिशत र ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

१४ प्रतिशत लाभांश सहित आइसिएफसि फाइनान्स तेस्रो स्थानमा छ । आइसिएफसिले आफ्ना सेयरधनीहरलई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स