एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ सम्बन्धी सेवाहरु निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ सम्बन्धी सेवाहरु निःशुल्क चलाउन पाइने भएको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सम्बन्धी सेवाहरु निःशुल्क चलाउन पाइने छ ।

बैंकले डिजिटल बैंकिङ प्रवर्धनका लागि आफ्नो एनसेलसँग सहकार्य गरी यस सेवाको सुरुवात गरेको हो ।

यस सुविधा मार्फत एनआइसी बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआइसी एसिया मोबैंक एप, आइसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स