नेप्से २६७९.९५ विन्दुमा पुग्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको तेश्रो दिन ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेर स्थिर रहेको छ ।

मंगलबार २३४ कम्पनीहरुको सेयर ५५ हजार ३७८ पटक कारोबार भएको छ । ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६६ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

१०.५०% कृषि विकास बैंक डिवेञ्चर २०८३ को सेयर मूल्य सवभन्दा बढी १.९६ प्रतिशतले घटेको छ । हिजो उक्त डिवेञ्चरको प्रति कित्ता सेयर मूल्य १,०७१ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,०५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

१०% नबिल डिवेञ्चर २०८२ को सेयर मूल्य १.९१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो डिवेञ्चरको प्रति कित्ता सेयर मूल्य १०४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १०२५ रुपैयाँमा कारोबार भएको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो फाइनान्सकोे हिजोे प्रति कित्ता सेयर मूल्य ७७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७६९.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स