ज्योति विकास बैंकद्वारा ५ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर सहयोग

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर सहयोग स्वरुप प्रदान गरेको छ ।

बैंकले लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पताललाई बेमी वार्मर प्रदान गरेको हो ।

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रमार्फत १२ वटा बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गरेको हो ।

उक्त बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग गरिन्छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स