काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख डोज खोप दिने उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाल सहित भुटानलार्ई अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले उत्पादन गरेको मोडर्ना खोप उपलब्ध गराउन लागेको रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकाले यसका साथै जोनसन एण्ड जोनसन कम्पनीले तयार पारको एक डोजमात्रै लगाए पुग्ने खोप पनि नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।
अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो । बाइडेन प्रशानसनले ८ करोड खोपको मात्रा उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता भएको रोयटर्सले उल्लेख गरेको छ ।
वासिंङटनले ८ करोड मात्रा खोपका अतिरिक्त ५० करोड मात्रा फाइजर र बायोएनटेकका खोप खरिद गरेर अफ्रिकी संघ तथा ९२ ओटा न्यून र निम्न मध्यम आय भएका मुलुकमा वितरण गर्ने उल्लेख गरेको छ । गत सातामात्रै बाइडेन प्रशासनले १० लाख मात्रा फाइजर र बायोएनटेक खोप मलेसिया र ४० लाख मोडर्नाको खोप इण्डोनेसियामा पठाउने योजना पनि घोषणा गरेको छ ।
अमेरिकाले एसियामा इण्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, भियतनाम, लाओस, कम्बोडीया र पपुवा न्यूगिनी खोप पठाउने योजना घोषणा गरिसकेको छ ।
महामारीबाट जीवन बचाउन यो पहल शुरु गरेको हो । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउन स्थापित गरिएको कोभ्याक्स कार्यक्रमको सन् २०२१ भित्र दुई अर्ब कोभिड–१९ खोप वितरण गर्ने लक्ष्य राखेको छ । उक्त अभियानले हालसम्म १३१ देशमा नौ करोडभन्दा बढी खोप वितरण गरिसकेको छ ।