प्रभु बैंककोे १२.६३ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु बैंकले १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २०औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई दिने उक्त प्रस्तावित लाभांश पारित गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर तथा ०.६३ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

बैंकको १२.६३ प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी वृद्धि भई १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स