तोलामा यति धेरैले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर ९२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स