ज्योति विकास बैंकका सीईओको तलब ८१ लाख

काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले गत आर्थिक वर्षमा ८० लाख ९६ हजार ७८२ रुपैयाँ तलब सुविधा लिएका छन् ।

सीईओ भट्टले ८१ लाख रुपैयाँ तलब भत्ता बापत बैंकबाट लिएका हुन् । भट्टले गत आवमा तलब ५३ लाख १५ हजार ६२५ रुपैयाँ, भत्ता १७ लाख ९९ हजार ५९४ रुपैयाँ, दशैं भत्ता र उपहार ४ लाख ५० हजार रुपैयाँ र सञ्चय कोषमा योगदान ५ लाख ३१ हजार ५६३ रुपैयाँ रहेको छ ।

भट्टलाई बैंकले टेलिफोन, इन्धन, गाडी तथा बीमा सुविधा दिइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स