स्थानीय तहमा जाने ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था भोलिदेखि लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था मंगलबारदेखि लागू हुने गरी सर्कुलर जारी गरेको हो ।

अर्थ मन्त्रालयले केहि दिन अघि स्थानीय तहमा जाने रकमको ८० प्रतिशत बैंकहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्र काटेको थियो । राष्ट्र बैंकले सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन लागेको हो । राष्ट्र बैंकले यो व्यवस्था असर मसान्तसम्मको लागि लागि व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम वाणिज्य बैंकहरूमा नै रहने र २० प्रतिशत रकम मात्र राष्ट्र बैंकमा जम्मा हुनेगरी प्रतिवेदन पेश गर्न भनेको छ ।

यो रकम आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेछ । यसले पछिल्लो समय बैंकहरुमा देखिएको तरलताको अभाव हटाउन मद्दत पुग्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/circular.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स