सित्तैमा बिजुली दिँदा प्राधिकरणलाई वार्षिक १ अर्ब घाटा

काठमाडौं । गठबन्धन सरकारले घोषणा गरेको गरिबलाई निःशुल्क बिजुली र धेरै खपत गर्नेलाई सस्तो दरमा दिने नीतिले नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक १ अर्ब रुपैयाँ नोक्सान पर्ने देखिएको छ । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विद्युत् ग्राहकलाई पैसा नलिने भनेको छ ।

यस्ता ग्राहक संख्या करिब २० लाख छ । यो वर्गका ग्राहकलाई प्राधिकरणले वार्षिक ५० करोड रुपैयाँको बिजुली बिक्री गर्दै आएको छ । प्राधिकरणको कूल ग्राहक संख्या ५० लाख ७८ हजार ४ सय ७१ रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यसरी धेरै खपत गर्ने ग्राहकको महसुल घटाएबापत प्राधिकरणलाई अर्काे ५० करोड रुपैयाँ आम्दानी गुम्ने छ । निःशुल्क र महसुल घटाउँदा गरी प्राधिकरणलाई वर्षको एक अर्ब रुपैयाँ नोक्सान पर्न गएको हो । आम नागरिकलाई निःशुल्क बिजुली बाँड्ने नेपाल सम्भवतः पहिलो राष्ट्र हुनेछ । प्राधिकरणको औसत विद्युत् बिक्रीदर प्रतियुनिट ९.७३ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स