भगवती हाइड्रोपावरले १४ करोड बराबरको सेयर निष्काशन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १४ करोड बराबरको सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनीले यसको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटलको तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स