सिडिएस एण्ड क्लियरिङ लिमिटेडको लाभांश पारित

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको संस्थाको साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई दिने उक्त लाभांश पारित गरेको हो ।

महालेखापरीक्षकको कार्यालयको सिफारिस अनुुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पारित गरेको छ । संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभा आफ्नै केन्द्रिय कार्यालय पुतलीसडकस्थित कार्यालयको सभा हलमा गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स