निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अलि थर गरेका भारतीय नागरिकलाई हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन ।

हत्या प्रकरणको घटनालगत्तै उनी भारत भागेको र अहिले नेपाल नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो ।

अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स