८ अर्ब पुग्यो विश्वको जनसंख्या, चीन अहिले पनि अग्रस्थानमा

काठमाडौं । विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार अहिले विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे हो ।

समग्रमा सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि वृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।

चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको छ । चीनको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या पनि १ अर्ब ३८ करोड पुगेको छ । आगामी ३ वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

अमेरिकी ब्यूरोले सार्वजनिक गरेको तथ्यांकअनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् ।

इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।
६० वर्षपछि अर्थात २१०० को दशकमा यो दर बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

ब्यूरोका अनुसार आगामी केही दशक कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिकामा जनसंख्या बढ्ने छ ।

यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्ने छ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स