कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ कित्ता हकप्रद सेयरका लागि बुक क्लोज मिती तोक्यो

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ कित्ता हकप्रद सेयरका लागि बुक क्लोज मिती तोकेको छ । बैंकले पुस २६ गते बुक क्लोज मिती तोकेको हो ।

पुस २५ गतेसम्म बैंकको सेयर हुनेले १ः१.५ हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको २०७६ भदौ २५ गतेको विशेष साधारण सभाबाट हालको चुक्ता पुँजी २० करोडको १ः१.५ बराबर हकप्रद जारी गर्ने निर्णय भएको थियो ।

बैंकले ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/CORBL-Book-Close-for-Right-shares.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स