बंगलादेशमा संचालित कमाण्ड तथा स्टाफ कलेज तालिमको भ्रमण टोलीद्वारा नेपाल भ्रमण

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेजमा संचालित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेज तालिम (डीएससीएससी कोर्स २०२१/२२) मा सहभागी शिक्षार्थी अधिकृत र कलेजका सदस्यहरु सम्मिलित २९ सदस्यीय टोली लेफ्टिनेण्ट कर्णेल सईद मोहम्मद नुरुस सालेहीन युसुफको नेतृत्वमा पुस १८ गते नेपाल आइपुगेको छ ।

उक्त टोलीले पुस १८ गतेदेखि पुस २३ गतेसमम नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाल सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

भ्रमणको दौरान उक्त टोलीले श्री मध्य कमाण्ड हेडक्वाटर, पोखरा र श्री कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको भ्रमण गर्ने छन् भने काठमाडौं तथा पोखरामा अवस्थित विभिन्न साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित तथा पारस्परिक सम्बन्ध समेत सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स