साना किसान विकास लघुवित्तको लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २६.३१५ लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई दिने २६.३१५ लाभांश पारित गरेको हो ।

संस्थाको आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाको जारी र चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख पु¥याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिवेदन अनुसार आ.व. २०७६/७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७/७८ अन्त्यमा ७.१३ प्रतिशतले बृद्धि भई २६ अर्ब १२ करोड पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स