नेप्से ६० अंकले बढ्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेर स्थिर रहेको छ ।

आइतबार २४० कम्पनीहरुको सेयर ५३ हजार १२२ पटक कारोबार भएको छ । ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६८ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य सवभन्दा बढी ५.१२ प्रतिशतले घटेको छ । हिजो उक्त फाइनान्सको प्रति कित्ता सेयर मूल्य ८२२ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७७९ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नबिल ईक्वीटी फण्डको सेयर मूल्य ३.६८ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फण्डको प्रति कित्ता सेयर मूल्य १०.६० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १०.२१ रुपैयाँमा कारोबार भएको छ ।

साँग्रिला डेभलपमेण्ट बैंक डिवेञ्चर २०८७ को सेयर मूल्यमा सवभन्दा कम ०.०९ प्रतिशतले घटेकोे छ । सो डिवेञ्चरको हिजोे प्रति कित्ता सेयर मूल्य ९५१.२० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९५०.३० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स