आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेर स्थिर रहेको छ ।

आइतबार २४० कम्पनीहरुको सेयर ५३ हजार १२२ पटक कारोबार भएको छ । ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६८ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ ।

हिमालयन डिष्ट्रिलरीको सेयर मूल्य सवभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । हिजो उक्त डिष्ट्रिलरीको प्रति कित्ता सेयर मूल्य ३,९२५.७१ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४३१८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

मध्य भोटेकाशी जलविद्युत कम्पनीकोे सेयर मूल्य ९.९७ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य १४६.४० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १६१ रुपैयाँमा कारोबार भएको छ ।

स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०४ प्रतिशतले बढेको छ । सो लघुवित्तको हिजो प्रति कित्ता सेयर मूल्य १,८५१.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १८५२ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स